२०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४० पुग्यो

  • २०७७ श्रावण २, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि मृत्यु हुनेको संख्या ४० पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सप्तरीका ७३ वर्षीय पुरुषको निधन भएसँगै कोरोनाले ज्यान गुमाएनेको संख्या ४० पुगेको हो।

    सप्तरीको राजविराज नगरपालिका–१ का ७३ वर्षीय पुरुषको बिहीबार निधन भएको हो। लामो समयदेखि सुगर पीडित वृद्धलाई मुटुकोसमेत समस्या थियो। उनको असार ३१ गते साँझ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो। उनको साउन १ गते राति १:१५ मिनेटमा निधन भएको गौतमले जानकारी दिए।

    पछिल्लो २४ घण्टामा नेपालमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार  बिहीबार थप १०१ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १७ हजार चार सय ४५ पुगेको छ।

    प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २८५ जनाले कोरोना जितेका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ११ हजार पाँच सय ३४ पुगेको छ। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६६ प्रतिशत माथि पुगेको हो।

    प्रतिक्रिया दिनुहोस