२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

हिमालयनले ग्रीनभेञ्चर्सलाई किन दियो चेतावनी ?

  • २०७७ श्रावण ३, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– निर्माणाधीन लिखु–४ जलविद्युत आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनमा गरिएको प्रतिबद्धता अनुसार सामाजिक काम नगरेको भन्दै तत्काल गर्न माग हिमालयन सामुदायिक संस्थाले गरेको छ ।

    संस्थाका अध्यक्ष रोशन महतराले लिख–४ आयोजनाको निर्माता संस्था ग्रीन भेन्चर्सलाई ज्ञापन पत्र बुझाएर यस्तो माग गरेको हो ।
    ज्ञापन पत्रमा प्रभावित क्षेत्रमा अस्पताल निर्माण तथा सञ्चालन, विद्यालयमा वातावरणीय तथा पूर्वाधार विकास, स्थानीयलाई स्वरोजगारमूलक तालिम, प्रभावित क्षेत्रका बासिन्दालाई न्यूनतम शुल्कमा बिजुली दिनु पर्ने लगायत माग गरिएको छ ।

    यस्तै आवाशीय विद्यालय सञ्चालन, बाटोघाटो मर्मत तथा सफाई, खानेपानी तथा खेलमैदान निर्माण लगायतका ११ बुँदे माग गरिएको अध्यक्ष महतराले नागरिक मिडियालाई बताए । ज्ञापन पत्रमा १५ दिनभित्र माग पुरा गर्ने प्रकृया नथालिए कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ । कम्पनी सामाजिक उत्तरदायित्वबाट भाग्न खोजेको महतराको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस