२०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
नेकपा विवाद

के भयाे शनिवारकाे ओलि-प्रचण्ड छलफलमा ?

सचिवालय बस्दै

  • २०७७ श्रावण ३, शनिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौ- शनिवार दिउँसो ३ बजे बस्ने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकअघि नेताहरु आन्तरिक छलफलमा व्यस्त छन् ।

    प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सचिवालय बैठकअघि भेटवार्ता भएको छ ।त्यसअघि शनिबार बिहान प्रचण्डसहितका ५ जना शीर्ष नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायाणकाजी श्रेष्ठबीच खुमलटारमा छलफल भएको थियो ।

    खुमलटारको छलफलमा गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ भने सहभागि भएनन् । त्यस्तै बालुवाटारमा पनि ओलीले रक्षामन्त्री समेत रहेका ईश्वर पोखेल, महासचिव विष्णुु पौडेल, विष्णु रिमाललगायतका नेतासँग छलफल गरेका छन् ।

    नेकपाले आन्तरिक विवादमा सहमति खोज्ने प्रयासस्वरुप स्थायी कमिटी बैठक रोकेर शनिबार सचिवालय बैठक बेलाएको हो । तर सचिवालय बैठकका एजेण्डा के हुन् भन्नेकुरा अहिलेसम्म कुनैपनि नेताहरुलाई जानकारी गराइएको छैन ।

    प्रतिक्रिया दिनुहोस