२०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
बाढी-पहिराेकाे खतरा !

यस्ताे हुनेछ २ दिन माैसम: अत्याधिक जाेखिम

सतर्क रहन माैसमविद्काे सुझाव

  • २०७७ श्रावण ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डाै– आज र भोलि बाढी पहिरोको जोखिम धेरै भएकाले तटीय क्षेत्र तथा भिरालो जमिन आसपास घर भएकालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

    मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउने क्रममा रहेकाले आज र भोलि धेरै पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यसकै प्रभावले अहिले पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।

    विशेषगरी प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा रातिदेखि नै पानी परिरहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १ र प्रदेश २ का एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यसैबीच झरी परेसँगै विभिन्न नदी तथा खोलामा बाढी आउने भएकाले थप सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ । नवलपरासीको अरुणखोला, गिरुवारी खोला र साना नदी तटीय क्षेत्रका बाढी आउन सक्ने भएकाले आसपासका बासिन्दालाई बिहान १० बजेसम्म सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस