२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

बिहे गर्ने प्रलोभन देखाएर बालिका बलात्कार

  • २०७७ श्रावण ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढु‌ंगा- एक १६ वर्षीया  बालिकालाई प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–३ घर भइ काठमाडौंको थानकोट बस्दै आएका २६ वर्षीय जय राई छन् ।

    केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार राईले शुक्रबार नागर्जुन नगरपालिका–१०, खड्का गाउँस्थित आफ्नो साथीको डेरामा बालिकालाई लगेर जबरजस्तीकरणी गरेको उजुरी परेको छ । घटनाबारे जानकारी पाएलगत्तै ललितपुरको सातदोबाटोबाट उनलाई प्रहरीले पक्राउ गरेको हाे । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ  ।

    प्रतिक्रिया दिनुहोस