२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ

  • २०७७ श्रावण ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • विराटनगर- मोरङको बिराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत अररिया जोगमनी बस्ने १९ बर्षीय तारिकन अनवर, बिराटनगर-६ का २० बर्षीय सुमित दास र सोही स्थानका १८ बर्षीय मनिस दास रहेका छन् ।

    उनिहरुलाई लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । हिजो साझ साढे ६ बजे साईकलमा रहेका भारतिय नागरिक अनवरलाई विराटनगर-१५ स्थितबाट ३५ ग्राम ५६० मिलिग्राम खैरोहिरोयन ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।

    उनले साईकलको सिटमुनी ब्राउनसुगर लुकाई राखेका थिए । यसै गरी बिराटनगर-१६ स्थितमा पैदल हिडिरहेका सुमित र मनिसलाई १२० नाईट्राभेट लागुऔषध ट्याब्लेट सहित पक्राउ गरिएको हो ।

    यसरी लागुऔषध सहित पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय रानीबाट कानुनी कारबाही प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस