२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

यी हुन्, ओखलढुंगाका बाढी, पहिरो र डुवानबाट उच्च जोखिम क्षेत्र

  • २०७७ श्रावण ६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका बाढी तथा पहिराेबाट अति जोखिम क्षेत्रको पहिचान गरेर राहत तथा उद्धारको कार्य योजना निर्माण गरेको छ ।

    त्यस्ता जोखिमयुक्त क्षेत्रमा कुनै बाढी, पहिरोजन्य विपदबाट जोगिन गरिने प्रतिकार्यका लागि योजना निर्माण गरेको हो । त्यस्ता क्षेत्रमा बसाेबास गर्ने नागरिकलाई सतर्क रहन समितिले अपिल पनि गरेकाे छ ।

    विपद् आइहालेमा उद्धारका लागि टाेली पनि एलर्ट रहेकाे सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले बताए  । जथाभावी सडक निर्माण, पुराना पहिराे नियन्त्रणमा नआएका लगायत कारणबाट जाेखिम वर्षेनि बढेकाे हाे ।

    यी हुन्, बाढी तथा पहिरोबाट उच्च जोखिममा रहेका क्षेत्र तथा घरधुरी

    पहिरोबाट जोखिम

    १. सिद्धिचरण नपा वडा नं. १, ७ र ८ र १०, घरधुरी संख्या- ११०
    २. चिशंखुगढी वडा नं. १,२,६,७ र ८, घरधुरी संख्या- १७८
    ३. मोलुङ गापा वडा नं. ३, ५ र ६ ,घरधुरी संख्या- १०८
    ४. खिजीदेम्वा गापा वडा नं. १ र ६, घरधुरी संख्या- १३
    ५. लिखु गापा वडा नं. ६, घरधुरी संख्या- १६
    ६. चम्पादेवी गापा वडा नं. १, घरधुरी संख्या- ७
    ७. सुनकोसी गापा वडा न.ं १ र ३, घरधुरी संख्या- ८८
    ८. मानेभञ्ज्यांग गापा वडा न.. २, ३, ४, ६ र ९, घरधुरी संख्या- ९५

    बाढी तथा डुवानबाट जोखिम

    १. मानेभञ्ज्यांग गापा वडा न. ६ र ७, घरधुरी संख्या- १३१
    २. चम्पादेवी वडा नं. १, घरधुरी संख्या- १२

    प्रतिक्रिया दिनुहोस