२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

सेनाले किन कुटेर मार्याे यी चेपाङलाई ?

  • २०७७ श्रावण ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • चितवन-  चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो ।

    उनको बिहीबार विहान भरतपुर अस्पतालमा ल्याउँदा नै मृत्यु भैसकेको थियो । मृत्युको कारण सेनाको कुटपिट नै भएको परिवारको दाबी छ । राजकुमारका बुवा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका हुन् ।

    सेनाले कुटेर घर आएपछि राजकुमार बिरामी भएको र मृत्युका कारण सेनाको कुटाइ नै भएको उनको भनाइ छ । राजकुमार बिरामी भएपछि गाउँकै मेडिकलबाट औषधि किनेर ल्याएर खुवाएको तर बचाउन नसकिएको बुवा विष्णुलालले बताए ।

    चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले घटनाबारे जानकारी आएको बताए । यसबारे निकुञ्ज प्रशासनसँग बुझ्दा कुटपिटबाट मृत्यु भएको कुरा गलत भएको जानकारी आफूलाई गराएको प्रजिअ भट्टराईले बताए ।

    चेपाङ युवकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । उनको अहिलेसम्म पोष्टमार्टम गरिएको छैन । घटना विवादित बन्न सक्ने देखिएकाले आवश्यक सल्लाह र निर्णयपछि मात्रै पोष्टमार्टम गरिने अस्पतालसम्वद्ध स्रोतले जनाएको छ ।

    भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले प्रहरीले घटनाको मुचुल्का उठाएर पोष्टमार्टम गर्नु नभनेकाले अहिलेसम्म शवको पोष्टमार्टम नगरिएको बताए ।

    प्रतिक्रिया दिनुहोस