२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

काेराेना राेकथाममा स्थानीय तहकाे लाख‌ाैं खर्च, सिद्धिचरण नगरकाे कति ?

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ श्रावण ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगाका स्थानीय तहले काेराेना स‌ंक्रमण राेकथामका लागि लाखाै‌ं खर्चेका छन् । कतिले विवरण माग गर्दा समेत दिएका छैनन् । लाखदेखि कराेड हाराहारीमा खर्च गरेकाे अनुमान छ ।

    ५० लाखभन्दा बढी खर्च गर्नेमा खिजीदेम्वा र माेलुङ रहेकाे त्यहाँकै कर्मचारी बताउँछन् । त्याे भन्दा बढि खर्च अरु केही स्थानीय तहले गरेकाे हुन सक्ने स्थानीयकाे अनुमान छ । सुचना माग गर्दा यकिन सुचना नपाएकाे सञ्चारकर्मीहरु बताउँछन् । केही तहले माेटामाेटी खर्च विवरण उपलब्ध गराएका पनि छन् ।

    कस्ले कति गरे ?

    सिद्धिचर नगरपालिकाले कोरोनाको रोकथाम तथा उपचारमा १९ लाख ८७ हजार रुपैयाँ खर्च गरेको छ । नगरपालिकाले कोरोना खर्च सार्वजनिक गर्दै गएको आर्थिक वर्षमा उक्त रकम खर्च भएको जनाएको हो ।

    नगरपालिकाले लकडाउन प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमित तथा असहाय व्यक्तिहरुलाई राहत वितरणमा ५ लाख २१ हजार ७५ रुपैयाँ खर्च गरेको छ । यस्तै औषधि तथा औषधिजन्य सामग्रीहरु खरिदमा ५ लाख ७८ हजार ९ सय ३६ रुपैयाँ, ५० शैय्याको क्वारेन्टाइन स्थापना गर्न २ लाख १८ हजार ७ सय ३२ रुपैयाँ, क्वारेन्टाइनमा बसेकाहरुलाई खाना नास्ता वापतको खर्च १ लाख ८१ हजार ९ सय ७२ रुपैयाँ, विपन्न दीर्घरोगी जेष्ट नागरिक, संरक्षणविहनी जेष्ट नागरिक विपन्न वर्गका सुत्केरी, गर्भवती र पूर्ण अपांगता भएका व्यक्तिहरुलाई राहत दिँदा ४ लाख ५७ हजार २ सय ३० रुपैयाँ खर्च गरेको छ ।

    यस्तै नगरपालिकाले आमाबाबु दुवै नभएका सुस्त मनस्थितिका बालबालिकाहरुलाई राहत सामग्री तथा चप्पल वितरणमा २९ हजार ९५ रुपैयाँ खर्च गरेको जनाएको छ ।

    यस्तै नगरपालिकाले स्थापना गरेको कोरोना कोषमा भएको आम्दानी समेत सार्वजनिक गरेको छ । नगरपालिकले प्रारम्भिक कोष २३ लाख १५ हजार रुपैयाँबाट सुरु गरेको थियो । सो कोषमा पदाधिकारीहरुको पारिश्रमिकबाट जम्मा हुन आएको ४ लाख १६ हजार, नगरपालिकाका कर्मचारीहरुको तलबबाट जम्मा हुन आएको २ लाख २६ हजार ५ सय ८६ रुपैयाँ, नगरपालिकास्थित सामुदायिक विद्यालयका शिक्षक, कर्मारी तथा बाल विकास केन्द्र सहयोगी कार्यकर्ताहरुकव तलबबाट जम्मा हुन आएको ११ लाख ५१ हजार ८ सय ४४ रुपैयाँ, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट प्राप्त १० लाख रुपैयाँ, ओखलढुंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट २५ हजार रुपैयाँ प्राप्त भएको उल्लेख गरिएको छ ।

    यस्तै बालकृष्ण श्रेष्ठबाट ५ हजार ५ सय ५५, जीवन राजभण्डारीबाट ५ हजार ५, सिद्धिचरण बचत तथा ऋण सहकारी संस्था लि बाट ५ हजार र विजय लघुवित्त संस्था लिमिटेडबाट १० हजार गरी ५१ लाख ५९ हजार ९ सय ९० रुपैयाँ कोरोना कोषमा आम्दानी भएको नगरपालिकाले जनाएको छ ।

    यस्तै चिश‌ंखुगढीले राहत वितरणमा १२ लाख  औषधी तथा क्वारेन्टाइन व्यवस्थापन स्वाथ्स्यकर्मी प्राेत्साहन लगायतमा त्यही अनुपातमा खर्च भएकाे जनाएकाे छ । २३ लाख हाराहारीमा खर्च भएकाे प्रमुख प्रशासकीय अधिकृत ओम दर्जीले बताए ।

    मानेभञ्ज्याङ् गाउँपालिकाले पनि २३ लाख बढि खर्च गरेकाे छ । उसले पनि एकिन विवरण सार्वजिनक गरेकाे छैन । खरिद गरिएका समग्रीकाे विवरण माग गर्दा समेत तहहरुले दिएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस