२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

लागुऔषध सहित २ जना पक्राउ

  • २०७७ अषाढ १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • विराटनगर- सुनसरीको ईनरुवा नगरपालिका-३ महेन्द्रचोकबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा ईनरुवा-१० का ३० बर्षीय मोहमद अलाउदिन र सोही स्थानका २५ बर्षीय अक्तर आलम रहेका छन ।

    आज बिहान साढे ११ बजे को १० प १९९ नम्बरको मोटरसाईकलमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट डाईलेक्स डिसी-१० बोतल र स्पास्मो प्रोक्सिभन-११४ क्याप्सुल फेला पारी बरामद गरिएको हो ।

    विशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबैजना उपर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट कानुनी कारबाही अगाडी बढाइएको  प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस