२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

फरार अभियुक्त ७ बर्ष पछि पक्राउ

  • २०७७ अषाढ १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • उदयपुर-  प्रहरीले २ जना फरार अभियुक्तलाई ७ बर्ष पछि पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका- ७ का २५ बर्षीय अनुप खड्का र चौदण्डीगढी नगरपालिका- ६ का २२ बर्षीय नाप्सु आले  पक्राउ परेका हुन् । उनीहरुमाथि लागु ‌‍‌‌‍‍‍‍लागुऔषध मुद्धामा १ महिना कैद र ३ हजार जरिवाना  सजाय हुने २०७० भदाै १८ गते अदालतले फैसला गरेकाे थियाे ।

    फैसला सुनाईएकै दिनबाट फरार भएकोमा खोजतलास गर्ने क्रममा  बुधबार ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना अभियुक्तलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी जिल्ला अदालत उदयपुर बुझाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस