२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

एक हातमा पैसा, अर्काे हातमा विमा !

  • २०७७ अषाढ १९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- मानेभभञ्ज्याङ गाउँपालिकाले जेष्ठ नागरिकको विमा शुरु गरेको छ । सामाजिक सुरक्षा भत्ता पाउने उमेरका जेष्ठ नागरिकलाई विमा गर्ने नीति ल्याइएको गाउँपालिकाले जनाएको छ ।
    ‘अब भत्तासँगै जेष्ठ नागरिकको विमा पनि हुन्छ’ प्रमुख प्रशासकीय अधिकृत तुलसी भट्टराईले भने । भट्टराईका अनुसार पैसासँगै विमाको पोलिसी पनि हस्तान्तरण गर्ने गरिएको छ ।
    गाउँपालिकाको सामाजिक सुरक्षा सम्बन्धी रणनीति अनुसार सबै वडामा यो सेवा पुर्याउने लक्ष्य छ । शुरुमा वडा नं. ५ बाट यो सेवा शुरु गरिएको भट्टराईले जानकारी दिए । स्वास्थ्येपचारमा सहज होस् भनेर जेष्ठ नागरिकको विमा गरिएको हो । सरकारले जेष्ठ नागरिकको निशुल्क विमा गर्ने नीति त्याए पनि जानकारी अभावमा उनीहरु सेवाबाट बञ्चित छन् । विमा गरेका हरेक नागरिकले वर्षमा एक लाख सम्मको उपचार निशुल्क हुने व्यवस्था छ ।
    सबै स्थानीय तहमा विमा कार्यक्रम संचालन गर्नु पर्ने जेष्ठ नागरिक संघका अध्यक्ष जीवन शर्माले बताए । उनले सबै जेष्ठ नागरिकको विमा हुने हो भने उपचारमा आइपर्ने खर्चको समस्य हल हुने भएकाले स्थानीय तह जेष्ठ नागरिक मैत्री बन्नु पर्नेमा जोड दिए । आवश्यक कागजात जुटाउने र स्वास्थ्य विमा बोर्डको कार्यालयसम्म जेष्ठ नागरिक जान नसक्ने भएकाले स्थानीय तहका वडाले जेष्ठ नागरिकलाई घरघरै गएर भत्ता दिने र विमा गर्ने कार्यक्रम ल्याउनु पर्ने सरोकारवालाको माग छ ।

    प्रतिक्रिया दिनुहोस