२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

पार्टीको विवाद सुल्झाउन के गर्दैछन्, युवा नेताहरु ?

  • २०७७ अषाढ १९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेकपा भित्रको शक्ति संघर्ष चरमोत्कर्षमा पुग्दा नेकपा विभाजन त हुने होइन भन्ने चिन्ता नेता कार्यकर्ताहरुमा बढेको छ । ओलि र नेपाल प्रचण्ड समुहको कलह विभाजनको दिशातिर जान नदिन दोस्रो र तेस्रो पुस्ताका नेताहरु समुहगत छलफलमा जुटेका छन् ।

    शुक्रबार विहानै कृषिमन्त्री एवं स्थायी कमिटी सदस्य घनश्याम भुषालको निवासमा शीर्ष नेताहरुलाई नेकपाको एकता कायम राख्दै पार्टीको रुपान्तरण र एकिकरण मजबुद बनाउने विषयमा छलफल भयो । उनीहरुले नेताहरुलाई भेटेरै छलफलबाट समाधान खोज्न दवाव दिए ।
    तेस्रो पुस्ताका युवा नेताहरुले पनि एकता मजवुद बनाउँदै पार्टीभित्रका समस्या दिर्घकालीन रुपमा समाधान गर्न सामुहिक अभियान थालेका छन् । कतिपयले पार्टी कार्यालयमा धर्ना दिन पनि थालेका छन् । केही युवा नेताहरु समूह समूहमा बैठक गर्दै दवाव दिइरहेका छन् । उनीहरुले पार्टी एकतावद्ध गर्दै अघि बढ्न नेताहरुलाई सुझाव दिएका छन् ।
    नेकपाका युवा केन्द्रीय सदस्य तथा सांसदहरुकाे काठमाडौंमा आज बसेको बैठकले पार्टीमा देखिएको विवाद समाधानका लागि उपयुक्त विकल्पहरुमा समेत छलफल गरेर अघि बढ्नुको विकल्प नभएको निष्कर्ष निकालेका छन् ।
    जनभावनाअनुरुप पनि नेताहरु मिलेर एकताको सन्देशलाई थप सशक्त बनाउन उनीहरुको सुझाव छ । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री समेत रहेका नेता पार्वत गुरुङ, यज्ञराज सुनुवार, गणेश पहाडी, सुरेश राई, कमला रोका, लीला श्रेष्ठ लगायतका नेता सांसदहरु बैठक बसेर पार्टीलाई एकताबद्ध गर्न शीर्ष नेताहरुलाई सुझाएका हुन् ।
    उनीहरुले भोलिदेखि चरणवद्ध रुपमा नेता तथा सांसदहरुसँग परामर्श गर्ने, पार्टीलाई एकतावद्ध बनाउन सिलसिलाबद्ध रुपमा दवाव दिने भएका छन् । समृद्ध नेपाल, सुशी नेपालीको अभियानमा चिसो पानी खन्याउने  हुन नदिने उनीहरुकाे अठाेट छ ।
    बैठकमा सहभागी केन्द्रिय सदस्य तथा सांसद यज्ञराज सुनुवारले भने, ‘पार्टी एकताका लागि हाम्रो दवाव हो, हामी यो प्रयासलाई निरन्तरता दिन्छौं ।’ सांसदहरुसँग छलफल, नेताहरुलाई सामुहिक भेटघाट तथा जनस्तरबाट उठेका आवाज नेताहरुलाई सुनाएर समस्या समाधानमा दवाव दिने उद्देश्यले युवा नेताहरु जुटेको सुनुवारले नागरिक मिडियालाई बताए ।
    नेकपामा प्रधानमन्त्री ओलिले पार्टी निणर्य नमानेको, पार्टीका बैठक छलेको तथा मदन जयन्तीमा विवादस्पद भाषण गरेको विषयमा बहस हुँदा स्थायी कमिटीमा नेताहरुले राजीनामा मागेका थिए । नेकपाभित्र एक व्यक्ति, एक पदको बहस पनि पेचिलो बनेको छ । यो मुद्दा शुरुबाटै बरिष्ठ नेता माधवकुमार नेपालले उठाउँदै आएका छन् ।
    बिहीबार नेकपा स्थायी कमिटी बैठक चल्दैगर्दा ओलीले संसद अधिवेशन अन्त्य गरेपछि विवाद निणर्ायाक मोडमा पुगेको छ । नेकपाको विवादले जनस्तरमा समेत नकारात्मक प्रभाव पर्ने, कार्यकर्ताको भावना भड्काउने अवस्था आएकाले युवा नेताहरुले शीर्ष नेताहरुलाई सुझवुझपूणर् निणर्य लिन र सोचेर प्रतिक्रिया दिन सुझाव दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस