२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

स्थायी कमिटी स्थगित, ओलिले ल्याउलान् अध्यादेश ?

  • २०७७ अषाढ २०, शनिबार मा प्रकाशित ३ साल अघि
  •  काठमाडौं-  नेकपाकाे जारी स्थायी कमिटीको शनिबार निर्धारित बैठक स्थगित भएको छ । बैठक असार २२ गते सोमबार बस्ने भनिएकाे छ ।

    दाहाल र ओलि पक्षका नेताहरुकाे शक्ति संघर्षले विभाजाेन्मुख नेकपामा सहमति खाेज्ने प्रयास युवा नेताहरुले गरिरहेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले बैठक स्थगित भएको नेकपा नेताहरु बताउँछन् शुक्रबार दुवै अध्यक्षले छलफल गर्ने र शनिबार स्थायी कमिटी बैठक बस्ने शीर्ष तहमा सहमति भएको थियो । शुक्रबार छलफल भए पनि ओली र प्रचण्ड दुवै पुरानै अडानमा कायम भएपछि छलफलमा ठोस सहमति भएको छैन ।

    प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने पक्षमा छन् । स्थायी कमिटी बैठकमा पनि अधिकांश सदस्यहरुले ओलीको राजीनामा मागेका छन् । तर, ओलीले भने दुवै पद नछाड्ने अडान लिएका छन् ।

    यही विवादका बीचमा ओलीले संसद अधिवेशन अन्त्य गरेपछि दल विभाजनको अध्यादेश ल्याउने तयारी गरिएको त होइन भनेर नेकपाका नेताहरु सशंकित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस