२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

कोरोना कहर: एकै दिन दुई जनाको मृत्यु, मर्नेको संख्या ३४ पुग्यो

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ अषाढ २०, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- शनिबार एकै दिन कोरोनाबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा ४४ वर्षीय पुरुष र रुपन्देहीको देवदहका ७४ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार गोरखाका पुरुष असार १७ गते कतारबाट आएका थिए । उनी क्वारेन्टाइनमै विरामी परेपछि गोरखा अस्पतालमा परिक्षण गर्दा असार १९ गते कोरोना देखिएको थियो । त्यस्तै देवदहका ७४ वर्षीय पुरुष पनि दम तथा मधुमेहका विरामी रहेको उनमा पनि कोरोना प्रमाणित भएको थियो ।

    शनिबार दुई जनाको मृत्यु भएसँगै कोरोनाबाट मर्नेको संख्या ३४ पुगेको छ । गोरखामा भने स्थानीयले शव व्यवस्थापनमा अवरोध गरेका छन् । प्रहरीसँग झडप हुन थालेपछि अश्रुग्याँस प्रहार गरेर स्थिति नियन्त्रणमा लिइएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस