२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

फरार अभियुक्त ६ महिनापछि पक्राउ

  • २०७७ अषाढ २०, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका एकजना फरार अभियुक्तलाई ६ महिनापछि पक्राउ गरेको छ ।
    छिमेकीलाई मरणासन्न हुने गरी कुटपीट गरेर फरार रहेका लिखु गाउँपालिका ४ का ताराबहादुर पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनलाई शनिबार घरबाट पक्राउ गरिएको प्रहरी निरिक्षक मिलन बस्नेतले बताए ।  पक्राउ परेका पाण्डे ०७६ फागुन १० गते मादक पदार्थ सेवन गरेर छिमेकी रिकाबहादुर थापालाई मरणासन्न हुने गरी कुटपिट गरि भागेका थिए ।

    उनलाई ज्यान मार्ने उद्योगमा यस अघि नै मुद्दा दर्ता भएकाले अदालतमा हाजिर गराई बयान गराइने प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस