२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

बालुवाटार वार्ता: सहमति खाेज्ने एक बुँदे सहमित !

Thumbnail
  • २०७७ अषाढ २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • नेकपाकाे विवाद समाधानका लागि दुई अध्यक्ष केपी शर्मा ओलि र प्रचण्डबीच भएकाे वार्ता सकिएकाे जानकारी आएकाे छ । वार्तामा दुई अध्यक्षले अरु सहयाेगी नेता समेत राखेका थिए । वार्तामा के भयाे आउन बाँकी छ । प्रचण्डका स्वकीय सचिव जाेखबहादुर महराका अनुसार भाेलि फेरि वार्ता हुनेछ ।

    दुई नेताबीच पार्टी एकता जाेगाउँदै सहमति खाेज्ने सहमित भएकाे बताइएकाे छ । वार्तामा केपी ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए ।

    प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दश शर्मासमेत सहभागी थिए । सोमबार विहान पुनः छलफलमा बस्नुअघि ओली र प्रचण्ड दुवै पक्षका नेता बसेर थप गृहकार्य गरी सहमतिको खाका तयार गर्ने उक्त कार्यमा ओली पक्षबाट बिष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्दन शर्मालाई जिम्मा दिइएको  बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस