२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

आइतबार २९३ संक्रमित थपिए, १३२ जना डिस्चार्ज

  • २०७७ अषाढ २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १५ हजार सात सय ८४ पुगेको छ। आइतबार मात्र दुई सय ९३ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार पाँच सय ४७ पुगेको छ। पछिल्लो २४ घण्टामा १३२ जना डिस्चार्ज भएका छन् ।

    पछिल्लो २४ घण्टामा चार हजार सात सय १० जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइन ३१ हजार पाँच सय ७३ जना रहेका छन् । ९ हजार दुई सय ३ जनाको भने आइसोलेसनमा उपचार भइराखेको छ ।

    प्रतिक्रिया दिनुहोस