२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

ओलिले किन भेटे सेनापति ?

  • २०७७ अषाढ २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • प्रधानमन्त्री केपी शर्मा ओलिले बालुवाटार वार्ता सकिए लगत्तै प्रधानसेनापति पूर्ण चन्द्र थापालाई भेटेका छन्। आइतबार दिउँसो प्रधान सेनापति थापा र प्रधानमन्त्री ओलीबीच भेटघाट भएको हिमाल पाेष्टले लेखेकाे छ ।

    चर्काे सत्ता संघर्षमा गुज्रिएकाे नेकपाकाे विवाद मिलाउन प्रचण्ड र ओलिले छलफल गरे पनि ठाेस निचाेड नआएकै बेला र ओलिले अब संकट काल लगाएर संसद विघटन गर्छन् भन्ने आशंका गरिएकै बेला भएकाे याे भेटलाई धेरैले अर्थपूर्ण भएकाे बताएका छन् । भेटमा के विषयमा छलफल भयाे भन्ने खुलेकाे छैन ।

    कहिले शितल निवास कहिले सेनाप्रमुखसँग भेटेर आफु इतरका नेताहरुलाई तर्साउन खाेजेकाे हाे या अलाेकतान्त्रिक कदम चाल्न खाेजेकाे अड्कलबाजी शुरु भएकाे छ । आजै ओलिले देउवालाई सरकारमा सहभागी भए गृह र अर्थ मन्तालय दिने प्रस्ताव गरेकाे विषय बाहिरिएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस