२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

एक संक्रमित निकाे भए, अब ओखलढुंगा काेराेनामुक्त

  • २०७७ अषाढ २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- भारतबाट आएपछि संक्रमण देखिएका ओखलढुंगाका एक युवाले कोरोना जितेका छन् । विरगञ्ज हुँदै लिखु गाउँपालिकास्थित घर आएका उनलाई असार ७ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

    उनी जिल्लाका पहिलो संक्रमित हुन् । कामको शिलशिलामा भारत रहेका २८ वर्षीय युवा जेठ ३० गते घर आएका थिए । कोरोनामुक्त भएपछि कोरोना अस्पताल विराटनगरमा उपचाररत रहेका उनी सामेबार डिस्चार्ज भएका छन् ।

    १४ दिन उपचारपछि उनी निको भएर घर फर्किन लागेको जिल्ला स्वास्थ्य प्रमुुख सुमन तिवारीले बताए । संक्रमण मुक्त भएका युवालाई घर ल्याउने व्यवस्था गर्न गाउँपालिकालाई जानकारी गराइएको तिवारीको भनाइ छ ।

    ती युवा बाहेक अरुलाई जिल्लामा कोरोना संक्रमण देखिएको छैन । उनी डिस्चार्ज भएसँगै ओखलढुंगा संक्रमण मुक्त भएको छ ।

    प्रतिक्रिया दिनुहोस