२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

वान टु वान वार्ता: हात आयाे शून्य !

  • २०७७ अषाढ २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बिहानको वार्ता सकियाे । करिब १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहाल ‘वान टु वान’ वार्तामा बसेका थिए।

    करिव डेढ घन्टासम्म चलेको वार्ता सकारात्मक भएको भनिए पनि  कुनै समझदारी भएको तथा निश्कर्ष निस्केको छैन। थप छलफल गर्ने भनेर वार्ता सकिएको छ। आइतबार दिउँसो आ–आफ्ना पक्षका दुई–दुई नेताहरुसहित दुई अधयक्षबीच भएको वार्ता निश्कर्षबिना नै टुंगिएको थियो।

    सोमबार बोलाइएको स्थायी समितिको बैठक स्थगित गरेर दुवै अध्यक्ष वार्तामा बसेका हुन्। दुवै पक्ष आ आफ्ना अडानमा यथावत् रहेको स्रोतले बतायो।

    पार्टीको एकता बचाउन युवा नेताहरुको सक्रियता र दबाबपछि स्थायी समिति स्थगन गरेर शीर्ष नेताहरु फेरि छलफलमा जुटेका हुन्। अडानमा दुवै पक्ष टसनमस भएपछि फेरि समझदारी खाेज्ने सहमति भएकाे बताइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस