२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

काेराेना कहर: १८० थपिँदा १५ हजार ९ सय नाँघे, ३५ काे मृत्यु

  • २०७७ अषाढ २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं– नेपाल पछिल्लो समय कोरोना संक्रमणको उच्च जोखिममा देखिएको छ । दिनहुँ सयौंको संख्यामा संक्रमित भेटिंदै गएपछि अवस्था चिन्ताजनक भएको विज्ञहरूकाे भनाइ रहेकाे छ ।

    आज सोमबार पनि पछिल्लो २४ घण्टामा नेपालमा १८० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे दैनिक अपडेटमा नेपालमा संक्रमित थपिएका हुन् ।  यससंगै नेपालमा हालसम्म संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छन् ।

    कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ६ हजार ८ सय ११ पुगेको छ । नेपालमा ३५ जनाको कोरोनाकै कारण मृत्यु भैसकेको छ ।

    प्रतिक्रिया दिनुहोस