२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

फेरि ओखलढुंगामा स‌ंक्रमण, लिखुका ३ पुरुष संक्रमित

  • २०७७ अषाढ २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगाका तीन पुरुपमा कोरोना संक्रमण पुष्टि भएको छ ।  साउदि अरव बाट २ जना र एक जना बाग्लुङबाट काठमाण्डाै हुँदै गाउँ फर्किएर क्वारेन्टाइनमा रहेका तीन पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको हो ।

    लिखु गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २२, २८ र ३० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएकाले उपचारको प्रबन्ध मिलाउने काम भइरहेको जिल्ला कमाण्ड पोष्टका सदस्य सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिए ।

    उनीहरुको अवस्था हेरेर जिल्लाबाहिर पठाउने वा जिल्लामै उपचार गर्ने भन्ने यकिन हुने भट्टराईको भनाइ छ । यस अघि संक्रमण देखिएका लिखुकै एक जना आजै उपचारपछि निको भएर डिस्चार्ज भएका थिए ।

    प्रतिक्रिया दिनुहोस