२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

मास्क नलगाउने सिधै प्रहरी खाेरमा !

  • २०७७ अषाढ २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ- लकडाउन खुकुलो भएसँगै भीडभाड बढ्न थालेपछि सार्वजनिक स्थलमा मास्क नलगाउने र सामाजिक दूरी कायन नगर्नेलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

    सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो गरेको थियो । त्यससँगै पछिल्लो समय भीडभाड बढ्नुका साथै स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने क्रम बढेपछि गृह मन्त्रालयले जिल्ला प्रशासन र प्रहरीलाई परिपत्र गर्दै उल्लंघन गर्नेलाई कारवाही गर्न निर्देशन दिएको हो ।

    मन्त्रालयले सोमबार सबै जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई परिपत्र जारी गरेको हो । जसअन्तर्गत सार्वजनिक स्थलमा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई अब प्रहरीले पक्राउ गर्नेछ ।

    गृह मन्त्रालयका अधिकारीहरुका अनुसार यदी स्वास्थ्य मापदण्ड उल्लंघन गरेको पाइएमा संक्रामक रोक नियन्त्रक ऐन अनुसार कारवाी हुनेछ । राजधानी काठमाडौँमा पनि पछिल्लो समय संक्रमितकको संख्या बढ्न थालेपछि सरकारले यस्तो कदम चालेको हो ।

    प्रतिक्रिया दिनुहोस