२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

कामदार ठग्ने नटवरलाल, पाए विज्ञ सदस्य उपहार !

  • २०७७ अषाढ २३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- मलेसिया जाने कामदार स्वास्थ्य परीक्षणको नाममा करिब २ अर्ब ठगी गरेको आरोप लागेका स्वास्थ्य व्यवसायी कैलाश खड्कालाई सरकारले वैदेशिक रोजगार बोर्डको बोर्ड सदस्यमा नियुक्त गरेको छ ।

    गत साल मलेसिया जाने कामदारबाट ५ अर्ब ठगी गर्नेहरूविरुद्ध सरकारले कारबाही चलाउँदा फरार भएका खड्कालाई श्रमिकको हित रक्षा गर्ने निकाय वैदेशिक रोजगार बोर्डमा नियुक्त गरिएको हो ।

    माइग्राम्स र बायोमेट्रिकका नाममा सिन्डिकेट खडा गरी मलेसिया जाने गरिब कामदारसँग १ अर्ब ९७ करोड रुपैयाँ ठगी गर्नेसँग श्रममन्त्री रामेश्वर राय यादवकै साँठगाँठ रहेकाे बताइन्छ

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आफू अध्यक्ष हुने बोर्डमा ठगी आरोपी खड्कालाई २ वर्षका लागि मनोनीत गरेकाे खबर नयाँ पत्रिकामा छ।

    खड्का नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्षसमेत हुन् । महासंघले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरी २ अर्ब रुपैयाँ ठगी गरेको गत साल सरकारले नै गरेको अनुसन्धानबाट खुलेको थियो ।

    खड्कासँगै मन्त्रालयले बोर्ड सदस्यमा वैदेशिक रोजगार व्यवसायी हेम गुरुङलाई समेत नियुक्त गरेको छ । गुरुङ एसओएस म्यानपावर सर्भिस तथा कतार भिसा सेन्टरका सञ्चालक हुन् ।

    प्रतिक्रिया दिनुहोस