२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

चिनियाँ राजदुत यान्छीले झलनाथलाई के भनिन् ?

  • २०७७ अषाढ २३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् ।

    भेटवार्ताका लागि राजदूत होउ मंगलबार बिहान खनाल निवास डल्लु पुगेकी थिइन् । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो ।

    कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ । नेकपाभित्र विवाद बढेको बेला केही दिनयता चिनियाँ राजदूत होउको सक्रियता बढेको छ । यसअघि उनले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् ।

    नेकपा नेताहरूसँगको राजनीतिक भेटवार्ताहरुमा राजदूत होउले एकताबद्ध भएर अघि बढ्न सुझाव दिने गरेको चर्चा छ । चिनियाँ राजदूतको सक्रियतालाई कतिपयले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो दिएको भनेर आलोचना गर्ने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस