२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

ओखलढुंगाका संक्रमितको उपचार सामुदायिक अस्पतालमा गरिने

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ अषाढ २३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– ओखलढुंगाका ३ जना कोरोना संक्रमितको उपचार जिल्लामै हुने भएको छ । लिखु गाउँपालिकामा विदेश र काठमाण्डौबाट आएका तीन जना संक्रमितको उपचार जिल्लामै गरिने जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

    साउदीबाट आएका २ र काठमाण्डौंबाट आएका एक गरि ३ जनामा सोबार कोरोना पुष्टि भएको थियो । असार ५ गते नेपाल आएका २ जना भक्तपुर र प्रदेश १ को चतारा होल्डिङ सेन्टर हुँदै असार ८ गते लिखु गाउँपालिका आइपुगेका थिए । अर्का २२ वर्षीय युवा बाग्लुङबाट काठमाण्डौ आए केही समय बसेर असार ७ गते साउदीबाट आएका दुईजनासँगै रामेछाप हुँदै गाउँ फर्किएका थिए ।

    उनीहरु लिखु गाउँपालिकाको क्वारेन्टाइनमा रहेकाले उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए । उनीहरुको अवस्था सामान्य रहेको प्रदेशस्थित कोरोना अस्पतालमा विरामीको चाप बढी भएकाले जिल्लामै उपचार हुने उनको भनाइ छ ।

    असार ५ गते नेपाल आएका २ जना भक्तपुर र प्रदेश १ को चतारा होल्डिङ सेन्टर हुँदै असार ८ गते लिखु गाउँपालिका आइपुगेका थिए । अर्का २२ वर्षीय युवा बाग्लुङबाट काठमाण्डौ आए केही समय बसेर असार ७ गते साउदीबाट आएका दुईजनासँगै रामेछाप हुँदै गाउँ फर्किएका थिए ।

    कोरोना उपचारका लागि सामुदायिक अस्पतालमा ६ वेडको आइसोलेशन यस अघिनै तयारी राखिएकाले उपचारमा समस्या नरहेको बताइएको छ । सामुदायिक अस्पतालका निर्देशक युवराज आचार्यले कोरोनाको विरामीको उपचारका लागि छुट्टै स्थानमा आसोलेन वार्ड, आवश्यक परे अक्सिजन र स्वास्थ्यकर्मी तयारी रहेको बताए ।

    केही स्थानीयले भने कोरोनाका विरामी सामुदायिक अस्पतालमा ल्याउन नहुने भन्दै अस्पतालको ध्यानाकर्षण गराएका थिए । यद्यपी उपचारमा सुरक्षासहितको प्रबन्ध गर्ने निर्णय भएको कमाण्ड पोष्टका सदस्य तथा सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईको भनाइ छ ।

    यस्तै कमाण्ड पोष्टले सार्वजनिक स्थलमा भीडभाड नगर्न र मास्क अनिवार्य लगाउने सबै स्थानीय तह र सरकारी कार्यलाय तथा सरोकारवालाहरुलाई आग्रह गरेको छ । अटेर गरेमा प्रहरीले पक्राउ गर्ने, संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारवाही हुने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस