२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

प्रचण्ड छिरे बालुवाटार, के हाेला निर्णायक वार्तामा ?

  • २०७७ अषाढ २३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा मंगलबार पनि निर्णायक वार्ता भनिएको छलफल सुरु भएको छ ।

    ओलीसँग छलफलका लागि केहीबेरअघि प्रचण्ड बालुवाटार पसेका हुन् । सोमबार झण्डै डेढघण्टा चलेको छलफलमा पार्टीको विवाद दुई अध्यक्षबीच नै बसेर टुंग्याउने सहमति भएको थियो ।

    त्यसको भोलिपल्ट आज फेरि ओली र दाहाल छलफलमा जुटेका हुन् । सोमबारदेखि उनीहरुबीचको छलफल सकारात्मक दिशामा अघि बढिरहेको बालुवाटार श्रोतले बताएको छ ।

    यसअघि दोस्रो तहका नेताहरुसहित बैठक बसेका ओली र दाहालबीच सोमबारदेखि एक्ला एक्लै छलफल चलिरहको छ ।

    ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने प्रचण्ड–नेपाल समूहको माग तथा कुनै पनि पद नछोड्ने ओलीको अडानमा सहमति हुन नसकेकाे हाे ।

    प्रतिक्रिया दिनुहोस