२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

ओखलढुंगाका ६३ को कोरोनाको पीसीआर नेगेटिभ

  • २०७७ अषाढ २४, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगाका ६३ जनाको कोरोनाको पीसीआर नेगेटिभ आएको छ । सोमबार परीक्षणका लागि विराटनगर पठाइएकाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिए ।

    परीक्षणका लागि मिसन अस्पतालका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र विभिन्न देशबाट आएर क्वारेन्टाइनमा रहेकाहरूको स्वाब परीक्षणका लागि पठाइएको थियो । जिल्लामा परीक्षण गरिएकामध्ये हालसम्म ४ जनालाई कोरोना पुष्टि भएको छ ।

    जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन् । ३ जना भने ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत छन् ।

    प्रतिक्रिया दिनुहोस