२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

ट्रक दुर्घटनामा चालकको मृत्यु

  • २०७७ अषाढ २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- निर्माण सामाग्री बोकेको ट्रक दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    बिहिबार बिहान सिद्धिचरण नगरपालिका ८ सेतिदेबी भन्ने स्थानमा ट्रक दुर्घटना हुदाँ सवारी चालक दोलखाको जिरी नगरपालिका ४ का अन्दाजी २५ बर्षिय नबराज कार्कीको घट्ना स्थलमै मृत्यु भएको हो ।

    काठमाण्डौबाट अपार सोलुखोला बेनी हाईड्रो कम्पनीको तारजाली तथा रड बोकेर सोलुखुम्बुतर्फ जादै गरेको बा ३ ख ९६ नम्बरको ट्रक सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटनामा परेको ओखलढुंगा प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए । ट्रकमा चालक मात्र सवार रहेको बस्नेतले बताए ।

    बिहानको समयमा हुस्सु तथा कुहिरो लागेको र चालक रातभर अनिदो भएका कारणले समेत दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस