२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

खानेपानी योजनामा लिफ्टिङ प्रविधिको परिक्षण सफल

  • २०७७ अषाढ २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  चिशंखुगढी गाउँपालिका ३ दियालेमा खानेपानी योजनामा लिफ्टिङ प्रविधिको परिक्षण सफल भएको छ । सोमबर आँपपानी खानेपानी तथा सरसफाई योजना अन्तर्गत ३ सय मिटर लम्बाईको खानेपानी  याेजनमा परिक्षण सफल भएकाे हाे ।

    प्रदेश सरकारको क्रमागत योजना अन्तर्गत करिब २० घरधुरी स्थानीयलाई लक्षित गरी योजना निर्माण थालिएको चिशंखुगढी गाउँपालिका ३ का वडा अध्यक्ष गंगा श्रेष्ठले जानकारी दिए । ट्या‌ंकीमा पानी आइसकेकाले अब समस्या नरहेकाे स्थानीयले बताए ।

    खानेपानीकाे अभाव झेलिरहेका २० घर परिवारलाई उक्त आयाेजनाले लाभान्वित गराउने छ । याेजनाकाे काम अन्तिम चरणमा पुगेकाे गाउँपािलका अध्यक्ष निशान्त शर्माले बताए । आयाेजनामा अब वितरण लगायत काम बाँकी छ ।

    मोटरमार्फत सोलार प्रणाली जडान गरेर   ३ सय मिटर माथि पानी तानिएकाे हाे । करिब ३ हजार लिटरको दुईवटा ट्याकी निमार्ण गरी खानेपानी वितरण  हुने छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं. २ अन्तर्गत उक्त बजेट व्यवस्थापन भएकाे हाे ।

    प्रतिक्रिया दिनुहोस