२०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024

लागुऔषध सहित १ जना पक्राउ

  • २०७७ अषाढ २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • मोरङ- मोरङको बिराटनगर महा-नगरपालिका-१६ बाट लागूऔषध सहित १ जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज बिहान ५ बजे बिराटनगर महा-नगरपालिका-७ का २० बर्षीय आनन्द कुमार पासवानलाई १०० मिलि लिटरको ३९ बोतल प्रतिबन्धित लागुऔषध डाईलेक्स डि.सी. सहित पक्राउ गरेको हो ।

    पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस