२०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024

अब जिल्लाभित्र सार्वजनिक सवारी चलाउन पाइने

Thumbnail
  • २०७७ अषाढ २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ- सरकारले काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा सार्वजनिक सवारी चलाउन दिने भएको छ ।

    यस्तै, अन्य जिल्लाहरुमा पनि जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् ।

    मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले असार १२ गते सरकारले गरेको निर्णयका सम्बन्धमा सरकारले परिपूरक निर्णय गरेको बताए ।

    लामो दूरीमा चल्ने र काठमाडौं उपत्यकाबाहिर अन्तरजिल्ला चल्ने सार्वजनिक सवारीलाई भने चल्न दिइने छैन

    प्रतिक्रिया दिनुहोस