२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
नेकपा विवाद र ओलि-प्रचण्ड वार्ता

‘डाेर क्र्यास्’ नभएकाे छलफलमा ओलीकाे ‘चैते महाधिवेशन’ प्रास्ताव

  • २०७७ श्रावण १८, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेकपा विवाद याे तहसम्म पुगेकाे थियाे कि ओलि प्रचण्डबीच पुरापुर ५ दिन बाेलचाल भएन । याे अवधिमा सार्वजनिक रुपमै एक अर्कालाई गाली गलाैजमा उत्रिए ।

    स्थायी कमिटी बैठक स्थगनकाे सुचना सल्लाहकारलाई सार्वजनिक गर्न लगाएर स्थायी कमिटी  र केन्द्रिय कार्याललयकाे पनि उपहास गरे पछि प्रचण्ड ओलिसँग ‘फायर’ भएका थिए ।

    दुई अध्यक्षबीचकाे ५ दिनकाे माैनता ताेडाउने काम भने पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले गरे । आज दुवै जना १० बजेदेखि दिउँसाे ३ घण्टा छलफलमा बसे । छलफलमा कुनै सहमति नभए पनि फेरि छलफल गर्ने सहमति भने भएकाे छ ।

    यस क्रममा ओलिले अर्ली महाधिवेशन अस्वीकार्य भए ‘चैते महाधिवेशन’ (यस अघि नेकपा केन्द्रीय कमिटीले ताेकेकाे मिती आगामी चैत) बाट आफुले त्याग गर्न सक्ने जनाउ दिए । यस प्रस्तावपछि प्रचण्डले अनुहार केही उज्यालाे पारेकाे बताइन्छ ।

    उनलाई केही आशावादी देख्नुमा ओलि चैतमा पनि महाधिवेशन गर्ने लाइनमा आउँदैनन् कि भन्ने श‌ंका दुर गर्न राहत मिलेकाे जानकार बताउँछन् । याे छलफलमा खनाल तथा ओलिका विश्वास पात्र सुवास नेम्वाङ सहभागी रहेकाे बताइएकाे छ ।

    याे ३ घण्टे छलफलबारे प्रचण्डले खुमलटारमा ब्रिफिङ गर्ने तयारी छ । आजकाे साछीसहितकाे छलफलले ओलि-प्रचण्ड  सम्बन्धमा ‘गेट क्रयास्’ गराए पनि ‘डाेर क्र्यास्’ भने गर्न नसकेकाे जानीफकारहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस