२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

मेलम्चीमा भीषण पहिरो, ८ जना वेपत्ता, एकको उद्धार

  • २०७७ श्रावण १९, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । एकजनालाई भने प्रहरीले उद्धार गरेको छ ।

    कभर्ड हल निर्माणमा खटिएका कामदारहरु गएराति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन् । प्रहरी तीन बजेतिर उद्धारमा खटिएको थियो ।

    तीन घण्टाको प्रयासमा एक जना भारतीय नागरिकलाई जीवितै उद्धार गरेर प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए ।

    मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले आठ जना मजदुर पहिरोमा पुरिएको र उनीहरुलाई अझै ननिकालिएको बताए । प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी प्रयास भइरहेको जनाएको छ । नेपाली सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

    प्रतिक्रिया दिनुहोस