२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
अडान यथावत, भोलि फेरि बस्ने

ओली प्रचण्ड वार्ता ‘ग्रीन टि’ मै सिमित !

  • २०७७ श्रावण १९, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  ओलिका विश्वास पात्र सुवास नेम्वाङले प्रचण्डलाई जेरी खुवाउने बताएका थिए । ओलिका साछिका रुपमा वार्तामा सहभागी उनले पत्रकारहरुलाई ग्रीन टि वाट शुरु वार्ता जेरी खाएर सकिने दावी गरेका थिए ।

    त्यही अनुसार आज केही सहमति हुने संकेतले नेकपा वृत्तमा उत्साह थियाे । तर ओलिकै कारण प्रचण्डलाई जेरी खुवाउन सकिएन ।   अर्थात् पार्टीभित्र उत्पन्न संकट समाधान गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकियाे ।

    केही दिन अवरुद्ध भएर आइतबारबाट सुरु भएको दुई नेताबीचको सोमबारको संवादमा पनि ठोस सहमति हुन नसकेको हो । ‘सुरुमा जनैपूर्णिमाको शुभकामना साटासाट भयो । त्यसपछि विषयवस्तुमा प्रवेश भएपनि कुनै सहमति हुन सकेन’ स्राेतले भन्याे ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सवा ९ बजेबाट सुरु भएको वार्तामा दुवै नेताले आ–आफ्ना तर्फबाट नेता झलनाथ खनाल र सुवास नेम्वाङलाई पनि सहभागी गराएका थिए । खनाल प्रचण्ड र नेम्वाङ ओलीका तर्फबाट वार्तामा सहभागी भएका हुन् ।

    वार्तामा अध्यक्ष प्रचण्डले स्थगित भएको स्थायी समिति बैठकको तत्काल मिति तोक्न र समस्या समाधान गर्न अग्रसरता लिन ओलीलाई आग्रह गरेका थिए । ‘स्थगित स्थायी समिति बैठक सुरु गरौँ र त्यहाँबाट विवादको छिनोफानो गरौँ । साथीहरुको भावना पनि त्यही छ ।

    लामो समय स्थयी कमिटी स्थगित गर्दा कार्यकर्तामा सन्देश राम्रो जाँदैन’, ओलीसँगको वार्तामा प्रचण्डको प्रस्ताव थियो । तर, प्रचण्डको कुरा सुनेपछि ओलीले पहिला सचिवालयमा सहमति गरेर मात्रै स्थायी समिति बैठक बोलाउनुपर्ने अडान दोहोर्याएका थिए ।

    र, याे पनि

    चाख्लान् त प्रचण्डले ‘बालुवाटारकाे जेरी’ ?

    प्रतिक्रिया दिनुहोस