२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

रुम्जाटारमै तयार भाे तीन जिल्लाकाे काेराेना अस्पताल !

  • २०७७ श्रावण ३०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- रुम्जाटारमै काेराेना अस्पतालका रुपमा आइसाेलेसन कक्ष तयार गरिएकाे छ । ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा भेटिने लक्षण नदेखिएका कोरोना संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार गर्न प्रदेश सरकारले यस्ताे तयारी गरेकाे हाे ।

    प्रदेश १ को सामाजिक विकास मन्त्रालयले आइसोलेसन व्यवस्थापन गरेर तीन जिल्लाका संक्रमित राख्न निर्देशन दिएको छ ।मन्त्रालयको निर्देशन अनुसार हाल आस्पतालको क्वाटर भवनमा १२ शैय्याको आइसोलेसन तयार भइसकेको जिल्ला अस्पताल रुम्जाटारका मेडिकल सुरपरिटेण्डेन्ट सन्तोष देवले बताए  ।

    मन्त्रालयले २० शैय्याको आइसोलेसन तयार गर्न निर्देशन दिएको छ । आइसोलेसनको बाँकी शैय्या निर्माणका लागि अस्पतालसँगैको सार्वजनिक प्राथमिक विद्यालय र वन कार्यालयको भवन प्रयोग गर्ने अवस्था आएको देवको भनाई छ

    प्रतिक्रिया दिनुहोस