२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
कर्मचारी र सुरक्षाकर्मीबाटै जोखिम

सरुवा भएर आएका प्रहरीमा स‌ंक्रमण

  • २०७७ श्रावण ३१, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- सरुवा भएर जिल्ला आउने सुरक्षाकर्मी तथा कर्मचारीमा संक्रमण देखिएको छ । पहाडका जिल्लामा तराई तथा तीव्र संक्रमण फैलिइरहेका जिल्लाबाट आउनेमा संक्रमण पुष्टि भएपछि स्थानीय त्रसित बनेका छन् ।

    शनिबार मात्रै ओखलढुंगा र खोटाङमा ७ जना तराईका जिल्लाबाट सरुवा भएर आएका प्रहरीमा संक्रमण देखिएको छ ।
    ओखलढुंगामा १ र खोटामा ६ जना नेपाल प्रहरीमा संक्रमण देखिएको हो ।

    विराटनगरबाट खोटाङ आएका ११ प्रहरी जवानमध्ये ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनीहरु विराटनगरबाट साउन २३ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा हाजिर भएका थिए ।

    त्यस्तै ओखलढुंगामा सप्तरीबाट आएका एक जवानमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिए । उनका अनुसार सरुवा भएर आएका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको र उनको उपचारको व्यवस्था जिल्लामै गरिएको छ ।

    जिल्लामा सरुवा भएर आउने तथा लकडाउन खुलेपछि प्रदेशबाट अनुगमनमा आउने कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमणको समयमा कर्मचारी सरुवा, अनुगमन तथा आवत जावत पूर्ण रुपमा रोक्न स्थानीयले माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस