२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

उपत्यकामा कडा ‘लकडाउन’ गर्ने अन्तिम तयारी !

  • २०७७ भाद्र २, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको र कोरोना संक्रमण भयावह अवस्था आएपछि काठमाडौं उपत्यकामा कडा खालको ‘लकडाउन’ लागू गर्ने अन्तिम तयारी भइरहेको छ।

    लामो समयको छलफल र विमर्शपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले छलफल गरी काठमाडौं उपत्यकामा पूर्ण र पहिले भन्दा कडा खालको लकडाउन गर्ने तयारी गरेको स्रोतले बताएको छ ।

    लागि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच आन्तरिक छलफल भइरहेको र अब तत्काल बैठक बसेर निर्णय गर्ने तयारी गरेको समेत स्रोतले बताएको छ ।

    पछिल्ला दिनमा उपत्यकामा कोरोना संक्रमणको अवस्था भयाबह बनेको विज्ञहरूले निष्कर्ष निकालेका छन् । कोरोना नियन्त्रणका लागि निषेध लागू नगरी नहुने देखिएको अवस्था भएको भन्दै यस्तो तयारी गरिएको बताइएको छ ।

    प्रमुख जिल्ला अधिकारीहरूको छलफलले पूर्ण लकडाउन गर्ने कि पूर्ण निषेध गर्ने भन्नेबारेमा तत्काल निर्णय लिनसक्ने समेत स्रोतले जनाएको छ । –हिमाल पाेष्ट

    प्रतिक्रिया दिनुहोस