२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

मौसम विभागकाे चेतावनी: अबकाे २४ अत्यन्तै खतरा !

  • २०७७ भाद्र ३, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ नजिकै रहेको र भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज (बुधबार) देशभरकै मौसम बदली हुने मौसमविदले बताएका छन् ।

    अहिले पनि देशभरि कै मौसम सामान्य बदली भइ कञ्नपुर, डडेलधुरा, डोटी, कैलाली, बर्दिया, अछाम, सुर्खेत आसपास पानी परिरहेको छ । यी ठाउँमा पानी पर्न कम भए पनि आजको मौसम पूर्ण रुपमा भने नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज (बुधबार) देशका धेरै स्थानमा सामान्यदेखि ठूलोसम्म वर्षा हुने सम्भावना रहेकाले आउँदो २४ घण्टा (बुधबार बिहान ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म) सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ ।

    महाशाखाले जारी गरेको २४ घण्टे चेतावनी तथा परामर्शमा भनिएको छ– बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

    प्रतिक्रिया दिनुहोस