२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

निर्वाचन आयोगमा दर्ता भयाे एमाले, काे-काे छन् एमालेका पदाधिकारी ?

  • २०७७ भाद्र ३, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो ।

    तत्कालीन नेकपा (एमाले) र  नेकपा (माओवादी केन्द्र) एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएको छ । त्यसयता एमाले अस्तित्वमा थिएन ।

    नेकपा एमालेको नाममा दल दर्ताको निवेदन पर्दा नेकपाभित्र हलचल नै उत्पन्न भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीकै इशारामा दल दर्ताको प्रयास भएको आरोपसमेत प्रचण्डसहितका नेताहरुले लगाएका थिए ।

    निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् ।

    पार्टीले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको थियो । कानुनअनुसार सबै मापदण्ड पुगेकाले दल दर्ता गर्ने निर्णय लिइएको एक आयुक्तले बताए । उनका अनुसार नेकपा एमाले नेपालको एक सय ३२ औं पार्टी बनेको छ ।

    काे काे छन् एमालेका पदाधिकारी 

    १२ असारमा आयोगमा दल दर्ताका लागि महासचिव मनिषकुमार उपाध्यायले आयोगमा निवेदन दिएका थिए । दलको अध्यक्ष भने सन्ध्या तिवारी हुन् ।

    उनी झापाकै भएको चर्चा चलेको थियो । तर उनी मोरङको विराटनगर महानगरपालिका–६ की भएको पाइएको छ । दलले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ ।

    नयाँ पार्टी दर्ताका लागि निवदेन दिने सूचीमा रामेछाप गेलु निवासी रेस्लर भगवती खड्का उपाध्यक्ष छिन् । त्यसैगरी अर्की रेस्लर खोटाङ रातापानीकी अस्मिता सुनार प्रदेश १ को सचिव छिन् ।

    प्रस्तावित नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रायः सबै युवायुवतीहरु छन् । तीमध्ये कतिपय पूर्वएमाले समर्थित छन् भने कोही राजनीतिक पृष्ठभूमिका छैनन् ।

    प्रतिक्रिया दिनुहोस