२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

शुक्रबार काेराेनाका कारण ११ जनाको मृत्यु, ८३८ जना संक्रमित

Thumbnail
  • २०७७ भाद्र ५, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड-१९) का कारण ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको छ।

    शुक्रबार मृत्यु हुनेमध्ये एक महिला र १० पुरुष रहेका छन्  । मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठान गरेर ११ जिल्लामा एक-एकजना गरेर ११ जनाको मृत्यु भएको हो ।

    पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। शुक्रबार कोरोना संक्रमण पुष्टि भएकामध्ये २९२ महिला र ५३८ पुरुष रहेका छन्। योसहित संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ।

    पछिल्लो २४ घण्टामा २५० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ। अहिले क्वारेन्टाइनमा १२ हजार २३४ जना रहेका छन्।

    प्रतिक्रिया दिनुहोस