२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

यी हुन् मन्त्रिपरिषद् बैठकका २२ निर्णय

Thumbnail
  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- मन्त्रिपरिषद्को बैठकले विभिन्न २२ निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबार २२ निर्णय सार्वजनिक गरेका हुन्।

    खतिवडाका अनुसार सहन्यायाधिवक्तामा ज्ञान प्रसाद भुसाललाई नियुक्त गरी सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गर्ने निर्णय छ भने वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिजाललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ।

    त्यस्तै सेनाका प्रमुख सेनानी सरोज कुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरुको बढुवा गरी पदस्थापन गरिएको छ। १२ महासेनानीको सरुवा पनि गरिएको छ ।

    त्यसैगरी बैठकले उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई अध्ययन अनुमति पत्र जारी गर्ने कार्य पुनः सुचारु गर्ने निर्णय गरेको छ।

    विस्तृत पढ्न यहाँ क्लिक गर्नुहाेस् 

    प्रतिक्रिया दिनुहोस