२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

उपचार गरिएका जवानमा रेफरपछि काेराेना संक्रमण, सेनाले भन्याे आधिकारिक रिपाेर्ट आएकाे छैन

  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- यहाँकाे अरिदमन गणमा कार्यरत एकजना नेपाली सेनालाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएकाे छ । गत ९ गते थप उपचारका लागि काठमाडौँ लगिएपछि सेनाका जवानलाई कोरोना पुष्टि भएको  जनाएकाे हो ।

    कोरोनाको लक्षण देखिएका सेना जवानको उपचार सुरुमा भदौ ७ गते जिल्ला अस्पताल रुम्जाटारमा गरिएको थियो । रुम्जाटारपछि ८ गते ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार गरिएको थियो ।

    सेनाका ती जवान ३५ दिनअघि घरबाट फर्किएको पाइएको छ । याे विषयमा समाचार आएपछि सेनाले सुचनाकाे आधिकारिकतामा प्रश्न उठाएकाे छ ।

    कोरोनाको लक्षण देखिएपछि सेनाका जवानलाई हेलिकोष्टरमार्फत ९ गते काठमाडौँ लगेर परीक्षण गर्दा कोरोना स‌ंक्रमण अस्पतालमार्फत पुष्टि भएको जानकारी आएकाे स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले बताएका थिए ।

    याे सुचनासँगै बजारमा अस्पताल सिल गर्ने कुरा बाहिरिए पनि सतर्क रहन मात्र भनिएकाे अरिदमन गणले जनाएकाे छ । गणपति विशाल सि‌ंहले श‌ंकास्पद भएकाले परिक्षण गरिएकाे तर रिपाेर्ट आइ नसकेकाे जानकारी दिए । गणले आधिकारिक रिपाेर्ट नआएकाले संक्रमण पुष्टि भएकाे भन्न नमिल्ने दावी गरेकाे छ ।

    -अध्यावधिक गरिएकाे 

    प्रतिक्रिया दिनुहोस