२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

ओखलढुंगाका ६ गाउँपालिकामा तत्कालै ५ शय्याका अस्पताल बन्दै, यसरी आयाे बजेट

  • २०७७ भाद्र १३, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- स्वास्थ्य मन्त्रालयले अस्पताल सेवा नरहेका स्थानीय तहहरुमा तत्काल अस्पताल खोल्ने निर्णय गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पताल नभएका ६४९ तहमा ५ शय्याको अस्पताल सेवा तत्कालै सुरू गर्ने निर्णय गरेका हुन् ।

    स्वास्थ्यमन्त्रीको सचिवालयका अनुसार ती अस्पतालका लागि आवश्यक औजार र उपकरण खरिदका लागि शुक्रबार मात्र ६४ करोड रुपैयाँ निकासा भएको छ ।

    अस्पतालमा तत्कालमै कम्तिमा एक जना एमबिबिएस गरेको चिकित्सक, दुईजना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन् ।

    यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाई नै दिइएको छ ।

    ओखलढुंगाका ८ मध्ये सिद्धिचरण नगरपालिकामा जिल्ला अस्पताल र चम्पादेवी गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् । अन्य ६ गाउँपालिकामा चालु बर्षमा अस्पताल बनाउन सरकारले बजेट निकासा गरेकाे हाे ।

    प्रतिक्रिया दिनुहोस