२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

कारागार पस्याे काेराेना, केन्द्रीय कारागारका ३५ कैदीबन्दी संक्रमित

  • २०७७ भाद्र १४, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- केन्द्रीय कारागार, सुन्धाराका ३५ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

    योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको कारागार प्रशासन स्रोतले जनाएको छ । स्रोतका अनुसार कारागारभित्र रहेको अस्पतालमा उपचाररत एकजनालाई कोरोना देखिएपछि १७५ जना कैदीबन्दीको स्वाब लिएर परीक्षणका लागि पठाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस