२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
उपत्यका

तीन सिडिओको बैठक बस्दै, होला निषेधाज्ञा खुकुलो ?

Thumbnail
  • २०७७ भाद्र १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- कोरोना संक्रमण अत्यधिक बढेपछि भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । पहिलो पटकको निषेधाज्ञाको समय सकिएपछि पछिल्लो पटक भदौ १७ गते राति १२ बजेसम्मलाई थप गरिएको थियो ।

    जारी निषेधाज्ञाको समय बुधबार राति १२ बजे सकिँदैछ । उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउने/नबढाउने विषयमा छलफल गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरु भर्चुअल बैठक बस्दैछन् ।

    निषेधाज्ञाको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सिडिओहरु छलफलमा जुटेका हुन् । मंगलबारको बैठकमा निषेधाज्ञामा निर्माण सामाग्री बोक्ने सवारी साधनहरुलाई समेत सञ्चालन गर्न दिने निर्णय हुनसक्ने बताइएको छ ।

    दुई सतादेखि निषेधाज्ञा जारी भएकाले मानिसको दैनिकी कष्टकर बन्दै गएपछि केही निषेधाज्ञा खुकुलो बनाएर अघि बढ्ने निर्णय मंगलबारको बैठकले गर्ने एक प्रजिअले बताए ।

    प्रतिक्रिया दिनुहोस