२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

अब सबै ल्याबमा दुई हजारमै पीसीआर टेष्ट !

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ ।

    रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

    सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस