२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
काेराेना कहर

ओखलढुंगाका कांग्रेस नेता काे-काे छन् आइसाेलेनशनमा ? कहाँ हुँदैछ उपचार ? ?

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढु‌ंगा- ओखलढुंगा काेराेना संक्रमणकाे उच्च जाेखिममा छ । जिल्लाका प्रमुख व्यक्तिहरु नै संक्रमित भएर आइसाेलेसनमा उपचाररत छन् । अघिल्लाे हप्ता कांग्रेस सभापतिसहित ९ जना संक्रमित भएका थिए ।

    जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठ, कांग्रेस जिल्ला सभापति प्रदिप सुनुवार, नेता डिल्ली खनाल, सामुदायिक वन उपभाेक्ता महास‌ंघका जिल्ला अध्यक्ष दिर्ग खत्री लगायत ९ जना स‌ंक्रमित भए । उनीहरु उपचाररत छन् । खनाल काठमाण्डाैं र अरु सामुदायिक अस्पताल ओखलढुंगामा उपचाररत छन् । प्राप्त जानकारी अनुसार अवस्था सामान्य छ ।

    उनीहरुकाे सम्पर्कमा रहेकाहरुकाे परिक्षणमा आइतबार आएकाे परिक्षण रिपाेर्टमा थप १८ जना संक्रमित भएकाे पाइयाे । उनीहरुमध्ये का‌ंग्रेस जिल्ला उपसभापति तेजेन्द्र खनाल पनि रहेकाे बताइएकाे छ । अति सावधानी अपनाउने खनाल समेत संक्रमित भएकाे विषयले काेराेना महामारीबाट जाेगिन कडा अनुशासनकाे विकल्प नरहेकाे सराेकारवाला बताउँछन् ।

    पछिल्लाे रिपाेर्ट अनुसार समन्वय प्रमुख, उनका चालक तथा वन महास‌ंघका अध्यक्ष र एक स्थानीयका परिवारलाई समेत संक्रमण देखिएपछि समुदाय स्तरमै संक्रमण त पुगेकाे छैन भन्ने आशंका उत्पन्न भएकाे छ ।

    नेता खनालसहित प्रेस युनियनका जिल्ला सचिव तथा ओखलढुंगा खबरडटकमका सम्पादक नवराज कार्कीलाई पनि काेराेना पाेजेटिभ देखिएकाे भन्दै शुभेच्छुकहरुले स्वास्थ्यलाभकाे कामना गरेका छन् । संक्रमितहरुकाे जिल्लाका दुई अस्पतालमा उपचारकाे व्यवस्था मिलाइएकाे जिल्ला कमाण्ड पाेष्टले जनाएकाे छ ।

    काेराेना स‌ंक्रमणमा सदरमुकामका ३ जना समेत परेका छन् । यसले थप सावधानी अपनाउनु पर्ने अवस्था आएकाे स्थानीयकाे भनाइ छ । यसले सदरमुकाममा त्रास बढेकाे छ ।

    याेसँगै  ओखलढुंगामा सक्रिय संक्रमित ३० पुगेका छन् । यसअघि विभिन्न समयमा २८ जना निकाे भएकाे अभिलेख छ । जिल्ला समन्वय प्रमुख, कांग्रेस सभापति, उपसभापतिसहित सबै संक्रमितहरुलाई शीघ्र स्वास्थ्यलाभकाे कामना ! सबै सजग बनेर काेराेना संक्रमित हुनबाट जाेगि‍‍‍‌‍औं ।

     

    प्रतिक्रिया दिनुहोस