२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

सामुदायिक अस्पतालमा बच्चा जन्माएकी संक्रमित आमा र बच्चाकाे अवस्था कस्ताे छ ?

  • २०७७ भाद्र २९, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगा सामुदायिक अस्पतालमा कोरोना संक्रमित महिलाले बच्चा जन्माएकी छिन् । हिजो मात्रै संक्रमण पुष्टि भएकी ती महिलाले रातको १ बजे बच्चा जन्माएकी हुन् ।

    अस्पतालको आइसोलेसन डेलिभरी रुममा उनले बच्चा जन्माएको ओखलढुंगा सामुदायिक अस्पताका निर्देशक युवराज आचार्यले  जानकारी दिए । उनको नर्मल डेलिभरी भएको हो ।

    अस्पतालले संक्रमित महिलाहरुको डेलिभरीका लागि आइसोलेसन डेलिभरी रुम र अपरेशन थिएटर छुट्टै सञ्चालनमा ल्याएको जनाएको छ । आमा तथा बच्चाकाे स्वास्थ्य सामान्य रहेकाे कुनै समस्या नदेखिएकाे असप्तालले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस